English Edition

गुरुङले दिए भण्डारीलाई बधाई

काठमाडौं । राष्ट्रपतिमा नेपाली पराजित उम्मेदवार कुलबहादुर गुरुङले राष्ट्रपति निर्वाचित विद्या भण्डारीलाई बधाई दिएका छन् |

आफु पराजित भएपछि गुरुङले नव निर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाई दिदै कार्यकाल सफल बनोस भन्ने शुभकामना पनि दिएका हुन्।

गुरुङले आफ्नो पराजय स्वीकार गरेका छन् । चुनाव प्रजातान्त्रिक प्रकृया भएकोले हारजितलाई सामान्य रुपले स्वीकार्नु पर्ने उनले बताएका हुन् ।

संसदबाट बाहिरिने क्रममा सन्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफ्नो पराजयलाई ‘प्रजातान्त्रिक प्रक्रियाको अभ्यास’ भनेर टिप्पणी गरे।

बुधबार संसदमा भएको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीले गुरुङलाई पराजित गर्दै गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति निर्वाचित बनेकी थिइन् |

भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्न पनि सफल भएकी छिन |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment