थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र फुटबल प्रशिक्षक अञ्जन केसीलाई महानगरीय अपराध महाशाखा हनुमान ढोकाको टोलीले पक्रेको हो । उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको प्रहरीको अनुमान छ । पछिल्ला ५–६ वर्षदेखिका खेलमा मिलोमतो गरेको आरोपमा उनीहरुमाथि निगरानी गरिएको प्रहरीले जनाएको छ ।
सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप अगाडि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी लागि विदेश भ्रमणको कार्यक्रम तय भएको थियो । त्यति बेला नेपाल फिलिन्सिको मनिला र मलेसियाका क्वालालम्पुरमा गएको थियो । त्यस भ्रमणका क्रममा नेपालले फिलिपिन्ससँग एक औपचारिक खेल पनि खेलेको थियो । त्यही बेला नेपालका केही अन्तर्राष्ट्रिय खेलमा मिलोमतो भएको आशंकाको चर्चा सुरु भइसकेको थियो । केही खेलाडी विदेशी एजेन्टसँग सम्पर्कमा थिए भन्ने पनि जानकारी निस्केको थियो । कुन कुन खेलमा मिलोमतो भएको त्यो भने तय थिएन । विदेशी मिडियाले पनि नेपालका केही खेल शंकास्पद भएको समाचार दिइरहेका थिए ।
महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार कप्तान थापालाई थापाथली, विकाससिंह थापा र अञ्जान केसीलाई जावलाखेल र रितेश र सन्दिप राईलाई बालुवाटारबाट पक्राउ गरिएको हो ।

0 comments :
Post a Comment