काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा शेष घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले निर्वाचनमा टेकबहादुर (टीबी)कार्कीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका छन् । उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१२ मत पाएका छन् । महासचिवमा वद्री केसी निर्वाचित भएका छन् । उनले ५५५ पाएका छन् । कोषाध्यक्षमा हिक्मत थापा (२६४) सचिवमा अर्जुन श्रेष्ठ (३९३) निर्वाचित भएका छन् ।
युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् । अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिङ शेर्पा, एसिया प्यासिफिक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दावा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यसैगरी गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् । आगमी दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । लमजुङको घनपोखरा गाविसमा जन्मिएका घले अष्ट्रेलियका ९९ औं धनीमा पर्छन् ।
लमजुङको घनपोखरा गाविसमा जन्मिएका घले अष्ट्रेलियका ९९ औं धनीमा पर्छन् । उनलाई गत बैशाख १२ गते गएको भूकम्पपछिको पूननिर्माणका लागि सरकारले विशेष दूत नियुक्त गरेको छ ।
शेष घले- ८६७
उपाध्यक्ष- भवन भट्ट(५३८) र कुमार पन्त (५१२)
महासचिव- बद्री केसी (५५५)
कोषाध्यक्ष- हिक्मत थापा (२६४)
सचिव- अर्जुन श्रेष्ठ (३९३)
युवा संयोजक- विजय पोखरेल
उपसंयोजक- लोकराज शर्मा
महिला संयोजक= सपिला राजभण्डारी
महिला उपसंयोजक- राजनी प्रधान
अमेरिका संयोजक- सेनाम लामा
अमेरिका उपसंयोजक- आङ छिरिग शेर्पा
एसिया प्यासिफक संयोजक- किरण विक्रम थापा
युरोप संयोजक- कुल आचार्य निर्विरोध
युरोप सह संयोजक- दाबा शेर्पा र प्रेम गुरुङ
गल्फ संयोजक-डीबी क्षेत्री
गल्फ उपसंयोजक- धर्मराज गिरी र उमेश अधिकारी
ओसियाना- महेन्द्र लम्साल
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment