English Edition

बाल्टिमोरमा नेपाली युवकको मृत्यु

उच्च शिक्षा अध्ययनका लागि आएका एक नेपाली युवकको अमेरिकाको बाल्टिमोरमा निधन भएको छ |३० बर्षीय युबक काठमाडौँ बबरमहल घर भएका गौरब वाग्ले भएको बुझिएको छ |

श्रीमती सहित बसोबास गर्दै आएका वाग्लेको श्रीमती घरमा नभएको बेलामा अचेत भएका थिए | श्रीमतीको सहयोगमा अस्पताल लगिएका वाग्लेलाई अस्पतालले मृत घोषणा गरेको थियो |

"वाग्लेको शवलाई स्थानीय मेडिकल इक्जामिनर अफिसमा राखिएको छ | पोस्ट मार्टम भईसकेको छ, रिपोर्ट आईसकेको छैन |" बाल्टिमोर एसोसियशन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष कुलमणि आचार्यले द नेपाल टुडेसंग भन्नुभयो |

सन् २००८ मा बाल्टिमोर आएपनि स्थानीय नेपालीहरुसंग खासै सम्पर्कमा नआउने वाग्लेले अमेरिकन महिलासंग बिबाह गरेको र उनीसंगै बस्दै आएको खुलेको छ |

वाग्लेको मृत्युको खबर नेपाल पठाईसकेको तर उनको शवलाई के गर्ने भन्ने टुंगो नलागेको उनका आफन्त तथा बाल्टिमोरका समाजसेवी रामचन्द्र अधिकारीले बताउनु भयो |

मेडिकल इक्जामिनर अफिसमा राखिएको वाग्लेको शवलाइ ७२ घण्टा भित्र कसैले जिम्मा लिनुपर्ने छ | तर जिम्मा लिएपछि उक्त शव राख्न खर्च लाग्ने गर्दछ |

यहि बिषयलाइ लिएर कसरी सहयोग गर्ने भनेर छलफल भईरहेको बानाका अध्यक्ष आचार्यले बताउनु भयो |

 "शव ब्यबस्थापन गर्न खर्चिलो छ | सहयोगका लागि नजिकका आफन्त तथा गौरबका साथीहरुले 'गो फण्ड मी' मा खाता खोलिएको छ | सबैबाट सहयोग आशा गरेका छौं |" समाजसेवी रामचन्द्र अधिकारीले भन्नुभयो |

 वाग्लेको अन्तिम संस्कारका लागि आवश्यक रकम संकलन गर्नका लागि सौगात शर्माले 'गो फण्ड मी'  खोलेको खातामा तिन हजार डलर जम्मा भईसकेको छ |

शर्माले खोल्नु भएको  'गो फण्ड मी' खाताको लिंक यसप्रकार छ : https://www.gofundme.com/t96d7b2f
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment