पूर्वको पर्यटकीय नगरीको रुपमा रहेको धरान उपमहानगरपालिकामा आइतबार देखि व्यवसायिक प्याराग्लाइडिङ शुरु भएको छ । धरान २० स्थित भेडेटार छेउमा रहेको छोटीमोरङबाट ‘धरान स्काई एड्भेन्चर प्रालि’ ले उडान सुरु गरेको हो ।६ वटा टेन्डम उडाउने अनुमति लिएको प्रालिले तत्काल ५ वटा टेन्डम उडाएको सञ्चालक मध्ये रोशन अधिकारीले जानकारी दिनुभयो । व्यवसायिक प्याग्लाइडिङको उडानसंगै पूर्वको पर्यटक समेत फस्टाउने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङमा उड्न चाहनेका लागि ५ हजार शुल्क राखिएको छ । त्यसका लागि एडभेन्चरले धरानबाट भेडेटारसम्म आफ्नै सवारी साधनमा लाने र भेडेटारबाट उड्ने व्यवस्था गरेको छ । ३० देखि ४५ मिनेट आकाशमा ४ हजार २ सय फिटको उचाईमा उडेर रमाउन सकिने सञ्चालकको भनाई छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment