निवर्तमान राष्ट्रपति रामवरण यादवको शीतल निवासबाट भव्य विदाई
निवर्तमान राष्ट्रपति रामवरण यादवलाई शीतल निवासवाट भव्य विदाई गरिएको छ । सरकारले त्यसकालागि बुधवारवाटनै भव्य तयारी शुरु गरेको थियो ।निवर्तमान राष्ट्रपति यादव ललितपुरको बागडोलस्थित मदन विष्टको घरमा सर्न लाग्नु भएको हो । उँहाको आवाससहितको सम्पूर्ण व्यवस्था सरकारले गरिदिएको हो । यादवको खास निजी निवास भने सानेपामा रहेको छ । उक्त भवन सानो र सुरक्षाको दृष्टिकोणलेपनि जोखिमपूर्ण हुने देखिएर नयाँ भवनका व्यवस्था गर्नु परेको वताईएको छ । निवर्तमान राष्ट्रपति यादवलाई विदाई गर्नु अघि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, प्रध्यायान्याधीस, मन्त्रीहरु लगाएत सरकारका उच्च पदस्थ अधिकारीहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । यादवलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । शीतल निवासको विदाई सकिएपछि उँहालाई कारगेटसहित वग्गीमा राखेर बागडोलस्थित निवास पुर्याईएको थियो ।

0 comments :
Post a Comment