राज्यले आगामी १० बर्षमा दशहजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
जलविद्युतको धनी जिल्ला लमजुङमा पछिल्लो समय ६ जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । यि सबै आयोजनाको जडित क्षमता १ सय ५७ मेगावाट रहेको छ । राज्यले आगामी १० बर्षमा दशहजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइरहेका बेला लमजुङले पनि आगामी १० बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य अनुरुप जलविद्युत निर्माणमा सहयोग पु¥याउन थालेको छ । जिल्लामा लगानीमैत्री वातावरण बनाउन सकिन्छ भन्नेमा लागि परेको लमजुङ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष एवं मोडल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष भेषबहादुर पौडेल बताउँछन् । जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी र ४ मेगावाटको खुदी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि सुस्ताएको जलविद्युत आयोजना निर्माणले पुनः निरन्तरता पाएको जलविद्युत क्षेत्रका विज्ञहरु बताउँछन् । चार बर्षको अन्तरालमा जिल्लामा ५ मेगावाटको सिउरी र ४.४ मेगावाट क्षमताको राँधी खोलाको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य ६ आयोजनाहरु पनि निर्माणको चरणमा रहेका छन् । जिल्लाका विभिन्न ३ करिडोरमा निर्माणाधिन अवस्थामा रहेका ६ आयोजनाले आगामी ५ बर्ष भित्रमा आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएका छन् ।

0 comments :
Post a Comment