काठमाडौँ : कांग्रेस नवलपरासी सभापति समेत रहेका पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको हत्या प्रयास असफल भएको छ । उनीमाथि भारतीय अपराधीले हत्या गर्ने प्रयास गरेका थिए ।
जानकारी अनुसार उनलाई भारतीय अपराधीले गोली हानी हत्या गर्ने प्रयास गरेका थिए । तर, उनीहरुको प्रयास असफल भयो । प्रहरीले दुई अपराधीलाई पक्राउ गरेको छ ।
ती दुबै जना भारतीय रहेका छन् । बडहरा दुबौलिया गएका कँडेललाई शुक्रबार मोटरसाइकलमा आएका भारतीय सुटरले पेस्तोल ताकेका थिए ।
कँडेलका अंगरक्षकको सतर्कताले उनी बाँच्न सफल भए । नवलपरासी प्रहरीका अनुसार दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको ठुटीबारी घर बताउने ४२ बर्षीय उज्वल गड्र्तौला र ४५ बर्षीय जोगेन्द्र पटवार छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment