English Edition

उपराष्ट्रपतिमा पासाङ र यादवको उम्मेद्वारी

भोलि हुने उपराष्ट्रपति निर्वाचनमा दुई जना उम्मेद्वार भिड्ने भएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट एमाओवादीका उम्मेद्वार नन्दकिशोर पुन पासाङ र कांग्रेसका समानुपातिक सांसद् अमियकुमार यादव एक आपसमा भिड्ने भएका हुन्।
यसअघि चार जनाले उम्मेद्वारी दिएपनि दुबैले आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि दुई मात्र उपराष्ट्रपतिमा भिड्ने भएका हुन्।संसद् सचिवालयले शुक्रबार विहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उमेद्वारी दर्ताको समय तोकेको थियो।
सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उमेद्वार बनाएको छ। ५० वर्षिय पुनको खास नाम भने नन्दबहादुर पुन हो। तत्कालीन माओवादीका लडाकु कमाण्डर रहेका पुनलाई उपराष्ट्रपति पदमा जिताउन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक बसेका छन् भने राप्रपा नेपालका सचेतक दिलनाथ गिरी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् योगेन्द्र चौधरी समर्थक बसेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले संविधानसभा भवनको ल्होत्से हल पुगेर उमेद्वारी दर्ता गराएपनि पुनलाई उपराष्ट्रपति बनाउने प्रस्तावमा सत्ता गठबन्धनका अन्य दलहरुले समर्थन गरेका छैनन्। सत्ता गठबन्धनका सबै दलहरु सभामुख, उपसभामुख र राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा उभिएका थिए।

नेपाली काँग्रेसले सिरहाका समानुपातिक सांसद् अमियकुमार यादवलाई उमेद्वार बनाएको छ। ६९ वर्षिय यादवलाई उपराष्ट्रपति बनाउन संसद् सचिवालयमा दर्ता गराइएको प्रस्तावमा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्तावक तथा सचेतक इश्वरी न्यौपाने समर्थक बसेका छन्।

मधेश आन्दोलनका कारण संविधानको कार्यान्वयन चुनौतीपूर्ण बनेको अवस्थामा सबै नेपालीलाई एक ढिक्का बनाउनका लागि उमेद्वारी दिएको यादवले बताए।
सत्तारुढ गठबन्धनमै रहेको नेपाल परिवार दलका दयाराम कँडेल पनि उमेद्वारी दर्ता गराए पनि उसले एमाओवादी उम्मेद्वारलाई सहयोग गर्ने भन्दै फिर्ता लिएको छ। परिवार दलका अध्यक्ष एकनाथ ढकालका अनुसार सत्तारूढ दलको आग्रहमा आफूले उम्मेद्वारी फिर्ता लिएको बताए।

नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेद्वारी दिएर कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपति पद्मा कांग्रेसलाई समर्थन गर्ने भन्दै उमेद्वारी फिर्ता गरेका छन्।
मुसलमानले अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई प्रस्तावक र जनजागरण पार्टीका लोकमणि ढकाललाई समर्थक राखेर उमेद्वारी दर्ता गराएका थिए।

पुन र यादव दुबैले आफ्नो जीत सुनिश्चित रहेको दाबी समेत गरेका छन्।

सांसद्हरुले शनिबार विहान ११ बजेदेखि २ बजेसम्म गोप्य मतदान गरेर उपराष्ट्रपति चयन गर्नेछन् ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment