सरकार र मधेशी मोर्चाबीचको वार्ता असफल
सरकार र आन्दोलतरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको दोस्रो चरण वार्ता सीमांकनको विषयमा ठोस सहमति गर्न नसकी टुङ्गिएको छ । दुवै पक्ष आआफ्नै अडानमा अडिग रहेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । बिहीवार अपरान्ह सिहंदरवारस्थित परराष्ट्र मन्त्रालयमा करिव २ घण्टा चलेको सरकार र मोचाबीचको वार्ताले मोर्चाका विभिन्न मागहरु मध्येको प्रमुख माग सीमाङ्कनको विषयमा दुवै पक्षका अडानका कारण सहमति नभएको हो । सरकारले राजनीतिक सहमतिका आधारमा संवैधानिक आयोग मार्फत सीमाङ्कनको विषय हल गरौं भन्ने प्रस्तावलाई मोर्चाले स्वीकार नगरेको सरकारी वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले वताउँनुभयो ।यस्तै गरी मोर्चाकातर्फवाट वार्ताका सहभागि लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोलीले पहिले प्रतिवद्दता गरेजस्ता सीमाङ्कनको सम्वन्धमा स्पष्ट खाका ल्याउन नसकेको आरोप लगाउनुभयो । यसैबीच वार्ताकाक्रममा सरकारी टोलीले वन्द लगायतका आन्दोलनका कार्यक्रम स्थगित गर्न गरेको आग्रहलाई मोर्चाले अस्वीकार गरेको छ । सरकार र मोर्चाबीच कार्तिक १५ गते तेस्रो चरणको औपचारिक वार्ता हुने सहमति भएको छ ।

0 comments :
Post a Comment