English Edition

"प्रथम नेपाली सडक महोत्सव" सफल पारौं - श्रीजन ताम्राकार

 श्रीजन ताम्राकार

सम्पुर्ण आदरणीयहरुमा बिनम्र अनुरोध !!

बाल्टिमोर एशोसिएसन अफ् नेपलिज ईन अमेरिका "बाना" द्वारा यस बाल्टिमोरमा, मेरिल्याण्ड राज्य र यसका वरपर रहेका विभिन्न अन्य स्थानीय संघसंस्थाहरुसंग समन्वय गरि यहि October 25th, Sunday का दिन, Allegheny Ave, Towson,MD 21204 मा समय दिनको ठिक 12:00 noon देखि 5:00 pm सम्म "प्रथम नेपाली सडक महोत्सव" " 1st Nepalese Street Festival" को आयोजना गर्ने तयारी भईरहेको सबैलाई जानकारी गराउन चाहन्छौं।

नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको यस पावन अवसरमा यस क्षेत्रमा छरिएर रहेका नेपालीहरु बिच एकता, सद्भाव अनि पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै हाम्रो जन्मभुमि नेपाल र हाम्रो बिबिध भाषा, संस्कृति, पर्व र पहिचानलाई यस कर्मभुमीमा पनि प्रचारप्रसार र प्रवर्द्धनका लागि गरिएको यो पहिलो ऐतिहासिक प्रयासलाई सफल बनाउने जिम्मा हामी सबैको काँधमा आएको छ। आउनुहोस् !! सबैले हातेमालो गरौं।

यस कार्यक्रमको मुख्य आकर्षणहरुमा, नेपालका विभिन्न भाषाभाषी र क्षेत्र प्रतिनिधित्व गर्ने मौलिक बाजागाजा सहितका झाँकीहरु, नेपालका लोकपिरय लोक तथा आधुनिक गीतसंगीतका संर्जकहरुको विशेष प्रस्तुति, मौलिक तथा पौराणिक नेपाली नृत्यहरु, विभिन्न नेपाली खानाका परिकारका स्टलहरु,  नेपाली हस्तकलाका प्रदर्शनी तथा ब्यापारीक स्ट्लहरु, नेपाली पर्यटन सम्बन्धि प्रचारप्रसारका सामग्रीहरु का साथै यहाँ जन्मेका हुर्केका स-साना भाइबहिनीहरुको विशेष प्रस्तुतिहरु आदि रहनेछन।

यस कार्यक्रमलाई सभ्य र भब्य रुपमा सु-सम्पन्न गर्नका लागि कृपया आ-आफ्नो मौलिक भेषभुषामा सजिएर सपरिवार सहभागी तथा उपस्थित भईदिनुहुन हामी सबैमा हार्दिक अपील गर्दछौं साथै आफ्नो अमुल्य सल्लाह सुझाव, सहयोग, उपस्थिति र विभिन्न कार्यक्रम र प्रायोजनहरुमा सहभागी भइ आबद्ध हुन चाहने ईच्छुक ब्यक्ति वा संघसंस्थाहरुले आयोजक "बाना" मा यथासिघ्र सम्पर्क गर्नहुन पनि विनम्र अनुरोध गर्दछौं।

यस कार्यक्रमबाट उठेको सम्पुर्ण रकम "बाना"ले भबिस्यमा निर्माण गर्नलागेको "नेपालीहरुको साझा भवन" निर्माणमा खर्च गर्ने लक्ष लिएको छ। सम्पुर्ण नेपाली भाषा, कला, संस्कृति, पर्व र पहिचानको संरक्षण र प्रवर्द्धनमा समर्पित यस संस्थाले यस बाल्टिमोर, मेरिल्याण्ड क्षेत्र वरपर बसोबास गर्दै आउनुभएका सम्पुर्ण नेपालीहरुलाई एकतामा बाँधी हरेकका दुख:सुखमा सधैं साथसाथ रहँदै आएको हामी सबैलाई सर्वबिधितै छ।

अन्तमा, यस कार्यक्रमको ब्यापक प्रचार प्रसार र सबैको सहभागिताको लागि कृपया आफ्ना स्वदेशी तथा बिदेशी  सम्पुर्ण साथीभाइ, इस्टमित्रहरुमा यो सन्देशलाई सक्दो सेयर गरेर र कार्यक्रमको निमन्त्रणा दिएर सहयोग गरिदिनुहुनेछ भन्ने हामी सबैले बिश्वास लिएका छौं।।

धन्यवाद !!

 सचिव (बाना कार्यसमिति)

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment