उपराष्ट्रपति नन्दबहादुर (नन्दकिशोर) पुन एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन्।उपराष्ट्रपति चुनिएको भोलिपल्ट आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू सम्बद्ध एमाओवादीबाट राजिनामा दिएको जानकारी गराएका हुन्।
उप–राष्ट्रपति पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न आपूm सम्बद्ध राजनीतिक दल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको सबैमा जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ।उनी एमाओवादी स्थायी समिति सदस्य थिए।
उनले निर्वाचित गराउन सहयोग गरेकोमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सहित सबै राजनीतिक दल, व्यवस्थापिका संसद् सदस्य, नेपाली जनता र सम्बद्ध सबैमा हार्दिक धन्यवादज्ञापनसमेत गरेका छन्।सत्तारुढ गठबन्धनका उम्मेदवार पुन शनिबार कांग्रेसका प्रत्यासी अमियकुमार यादवलाई पछार्दै संघीय नेपालको दोस्रो उपराष्ट्रपतिको रुपमा चुनिएका थिए। उनले ३२५ मत पाएका थिए भने यादवले २१२ मत।
जारी विज्ञप्तिमा नयाँ संविधानको जारीसँगै नयाँ युगको थालनी भएको उनले तर्क गरेका छन्।
‘मुलुक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनतासहितको हिमाल, पहाड, तराई÷मधेस, विभिन्न जाति, भाषा, धर्म, संस्कृति, पहिचानलाई समुच्च रुपमा एकताबद्ध एवं सुदृढ हुने कार्यको सुरुवात भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसको सफल कार्यान्वयन संरक्षण र विकास आजको आवश्यकता हो।’
उनले शोषित, उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेसी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएको जनाउँदै खुसी व्यक्त गरेका छन्।

0 comments :
Post a Comment