English Edition

नेपालीका तर्फबाट वान कि मुनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम

अमेरिका १५ नोभेम्बर /
गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाले नेपाल माथी भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा ज्ञापनपत्र बुझाउने भएको छ |

यहि नोभेम्बर १७ मा संयुक्त रास्ट्रसंघका महासचिव वान कि मुनलाई उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले द नेपाल टुडेलाई बताउनु भयो।

एनआरएन अमेरिकाको अगुवाईमा प्रवासी नेपालीका विभिन्न सङ्घ-संस्थाहरू लगायत विदेशीहरुको समेत सहभागितामा हुन लागेको एनआरएनका मिडिया को-अर्डिनेट  वाग्लेले जानकारी दिनुभयो |

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष डा. केशव पौडेलले बताउनु भयो । "दिनको १२.०० देखि ३.०० बजेसम्म रास्ट्रसंघको भवन अगाडी विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने योजना रहेको छ" उहाँले भन्नुभयो ।

यसै गरी २२ नोभेम्बरमा वाशिंगटन डि. सी.मा एनआरएन अमेरिकाले त्यस क्षेत्रका नेपालीहरूका विभिन्न सङ्घ-संस्थाहरुसंग हातेमालो गर्दै संयुक्त रूपमा विरोध प्रदर्शन गर्ने कार्यक्रम समेत राखेको अध्यक्ष पौडेलले बताउनु भयो |

"हामीले न्युयोर्कको कार्यक्रम भब्य रुपमा सम्पन्न गर्छौं र डी. सी. को कार्यक्रम भब्य रुपमा सम्पन्न गर्छौं | एनआरएनका साथीहरुलाई त्यही अनुरुप पत्राचार र जानकारी पठाईएको छ |" अध्यक्ष डा. पौडेलले द नेपाल टुडेलाई बताउनु भयो |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment