स्वास्थ्य परीक्षणका लागि अमेरिका आउनु भएका सभापति कोइरालाले आज बाल्टिमोरका कार्यकर्ताहरुसंगको भेटघाटमा उक्त विचार ब्यक्त गर्नु भएको हो |
सर्बसाधारण नेपालीले अहिले पाएको दु:खबाट कांग्रेस चिन्तित रहेको उल्लेख गर्दै सभापति कोइरालाले बच्चा बच्चामा भारतप्रति नकारात्मक प्रभाव बढ्दै गएको छ | यो कुरा भारतले पनि बुझ्नु पर्दछ भन्नुभयो |
समस्या समाधानको उपाय के हो त भन्ने कार्यकर्ताको उत्तरमा सभापति कोइरालाले दुई देशबिचको आपसी सदभाव र सम्बन्ध कायम राख्दै कुटनैतिक पहलबाट नै समस्या समाधान गर्नुपर्छ भन्नुभयो | यो समस्या समाधानका लागि कांग्रेसले सरकारलाई सहयोग गर्न र आफ्नो भूमिका खेल्न तयार रहेको पनि बताउनु भयो |
सोही अवसरमा बोल्दै कोइरालाले संबिधान निर्माणपछिको प्रधानमन्त्रि निर्वाचनमा आफुले दिएको मनोनयन पार्टी केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम भएको दोहोर्याउनु भयो | "मैले हार्ने निश्चित हुँदाहुँदै उमेद्वारी दिएको थिएँ | तर त्यो एउटा पद्धतिको लागि थियो | त्यो आज गलत जस्तो लागेपनि भविष्यमा सहि साबित हुनेछ |" कोइरालाले भन्नुभयो, "राजनीतिमा सधै जीत हुदैन |"
नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड र भर्जिनिया च्याप्टरको संयुक्त आयोजनामा बाल्टिमोरमा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, महासचिव मुनेन्द्र नेंग्वांग, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहाल समेतले बोल्नु भएको थियो |
कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीले गर्नुभएको थियो | कार्यक्रको संचालन नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका महासचिव नेत्र के.सी.ले र स्वागत नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरका अध्यक्ष रामशरण हुमागाईंले गर्नुभएको थियो |बाल्टिमोरको लुम्बिनी रेष्टुरेन्टमा भएको कार्यक्रममा यस क्षेत्रका झन्डै एकसय नेपालीको सहभागिता रहेको थियो |
द नेपाल टूडे डट क्म बाट
द नेपाल टूडे डट क्म बाट
0 comments :
Post a Comment