काठमाडौं,३० कात्तिक । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाईने महान सांस्कृतिक पर्व छठका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी वहिनीहरुमा सुख, शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यवाहक सभापति पौडेलले आज शुभकामना विज्ञप्ति जारी गरी बहुभाषा, बहुसंस्कृति, बहुजाति र आफ्नै विशिष्ट मौलिक परम्परा भएको हाम्रो देशमा यसप्रकारका पर्वहरुले हिमाल, पहाड र तराईका नेपालीबीच आपसमा मित्रता, एकता र सदभाव अभिवृद्धि विस्तार गरी मुलुक सामु आईपरेका सबै खालका समस्या समाधानमा समेत सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरी नयाँ नेपाल निर्माणको लागि अघि बढ्न र अहिले मुलुकमा देखापरेको समस्या आपसी संवाद, वार्ता र छलफलका माध्यमबाट समाधान गर्न यस प्रकार पर्वले सहयोग पुग्ने विश्वास समेत यस अवसरमा व्यक्त गर्नुभएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment