English Edition

सुकीलाई नेता कोइरालाको बधाइ

काठमाडौँ:  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले म्यान्माको आमनिर्वाचनमा त्यहाँको नेसनल लिग फर डेमोक्रेसीले भारी बहुमतले विजय हासिल गरेकामा पार्टी नेत्री आङ सान सुकीलाई बधाई सन्देश पठाएको छ ।

सन्देशमा व्यवस्थापिका–संसद्का विपक्षी नेता कोइरालाले बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा नेत्री सुकीले नेपालमा गरेको भ्रमणको स्मरणका साथ उहाँको प्रजातन्त्र र मानवताप्रतिको अटल विश्वासमा आफूहरु पनि सहभागी भएको बताउँदै उहाँको नेतृत्वलाई भारी जनादेश प्राप्त हुनुले प्रजातन्त्रप्रतिको साझा प्रतिबद्धतालाई दर्साउँछ भने ।

उनले राष्ट्रिय एकता र मेलमिलापलाई अगाडि बढाउने उनको लक्ष्यप्रति शुभकामना व्यक्त गर्दै म्यान्माली जनताले देखाएको साहस र प्रतिबद्धताको प्रशंसा पनि गरेको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment