English Edition

मधेश अन्दोलन भारतकै इशारामा -सी.पी. मैनाली

उपप्रधान महिला तथा बालबालिका मन्त्री सिपि मैनालीले मधेश अन्दोलन भारतकै इशारामा भएको ठोकुवा गरेका छन् ।रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उनले भारतीय भूमिको प्रयोग गर्दै र भारतकै राजनीतिक दलहरुको सहयोगकै कारण मधेश अन्दोलन भइरहेको उनले दाबी गरेका हुन्।

मैनालीले भारतले लगाएको अघोषित नाकाबन्दी एक मधेश एक प्रदेश हुँदै दुई मधेशसम्म पुगेर नेपालको तराई क्षेत्रलाई आफ्नो अधिनमा पार्ने रणनीति भएको भन्दै मधेश अन्दोलनका नेताहरुसँग नेपाललाई कुनै त्रास नभएको र सिधै दिल्लीसँग त्रास रहेको बताए।

भारतले लगाएको अघोषित नाकाबन्दीकाबारे जानेर होस् वा नजानेर अन्तराट्रियकरण भईसकेको र नाकाबन्दी तत्कालै खुल्न सक्ने अवस्था नहरेको भन्दै भारतलाई समेत नाकाबन्दी गलाको पासो बनेको उनको ठहर थियो ।मधेशका जायज माग पुरा गर्न सरकारले सर्वपक्षीय नयाँ समिति गठन गरेर समस्या समाधान गर्न तत्पर रहेता पनि मधेशवादी अन्दोलनकारी नेतृत्वका विभित हठ र भारतको अदृश्य सहयोगी भूमिकाले समस्या समाधान हनु नसकेको उनको टिप्पणी थियो।

भारतले लगाएको नाकाबन्दीले नेपाललाई चीनसँग नजिक हुन र उत्तर तर्फका नाका खोल्न सहयोग पुर्‍याएता पनि भारतसँगको समान खरिद बिक्रिका लागि कुटनीतिक पहल गर्दै सम्बन्ध सुधार तर्फ नेपाल अग्रसर बन्न आग्रहर गरे।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment