कैलेकैले स्वाभिमान अदृश्य, अमूक मौनमौन पनि ब्यक्त भइरहेको हुनेरहेछ । यसपटक आमनेपाली नागरिकले मौनमौन यो सब सहेर देशका पक्षमा मौनता नै साधिरहेका छन् । कुनै समय थियो ः इन्धनमा दुई रुपियाँ भाउ बढ्दा विद्यार्थीहरु सडकमा अगुल्टो लिएर बसेका हुन्थे, कुनै समय थियो पचास पैसा महंगो पर्दासमेत नेपालीहरु मन्त्रिपरिषद्मा मन्त्री नै फेर्नुपर्ने आवाजसाथ कुर्लिन्थे र भन्थे तेलमन्त्री राजीनमा दे । तर, आज यी सारा मानिसहरु एक सय चान्चुन रुपिया पर्ने प्रतिलिटर तेललाई ६ सय रुपियासम्म हालेर मौनमौन बसिरहेका छन् । कोही दिनरात नभनी हजारौं लाखौंको लाइनमा छन् । तर, सब सबै सहिरहेका छन् ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment