कोलोराडो, नोवेम्बर ७ शनिबार
कोलोराडोको डेनभरमा चर्चित युवा गायक राम कृष्ण ढकालले शनिबार श्रोतालाई आफ्नो आवाजले मुग्ध मात्र बनाएनन् स्टेज अगाडी नाच्न पनि बाध्य पारे I
दशैँ तिहारको बिच पारेर आयोजित रामकृष्ण ढकाल एकल साँझमा उनले ओराली लागेको हरिणको चाल भो , मन पराउने हजार भेटिन्छन्, बाचुन्जेलीलाई लगाएत दर्जन भन्दा बढी गीत गएका थिए I
कार्यक्रमको अन्तिम तिर हलमा उपस्थित श्रोताहरुको माग अनुसार नारायण गोपालका चर्चित गीतहरु पनि गाएका थिए I
कार्यक्रम एउटा मात्र खुट्टा भएर पनि असाध्यै सुन्दर नृत्य गर्ने रश्मी खरेलले आफ्नो कला प्रस्तुत गरेकी थिइन I रश्मीको नाचमा दर्शकहरुले ताली बजाएर उत्साह थपेका थिए I
सडक दुर्घटनाले एउटा खुट्टा गुमाएकि रश्मीलाई दर्शकहरुले उपचारका लागि सहयोग पनि गरेका थिए I कार्यक्रममा थुप्रै स्थानीय कलाकार हरुले गीत र नृत्य पनि प्रस्तुत गरेका थिए I
कार्यक्रम रक्की माउन्टेन फ्रेन्ड अप नेपालले आयोजना गरेको थियो I
0 comments :
Post a Comment