मुलुकले यतिखेर पछिल्लो दुई दशक यताकै सवैभन्दा कठिन अवस्था
मुलुकले यतिखेर पछिल्लो दुई दशक यताकै सवैभन्दा कठिन अवस्थाको सामना गरिरहेको छ । तराईका केही स्थानमा जारी आन्दोलनमात्र नभई भारतीय नाकावन्दीको कारण मुलुक ठप्पप्रायः हुन पुगेको छ । मुलुकको यो राष्ट्रिय संकटको अवस्थामा प्रमुख पार्टीहरु एकतावद्ध भई जनतालाई आश्वश्त पार्नु पर्नेमा दलहरु गैर जिम्मेवार बन्दै गएकोवारे चौतर्फी आलोचना हुन थालेको छ । संविधान जारी गर्दासम्म एकढिक्का बनेर ठूलो आँट र सामथ्र्य जुटाएका प्रमुख तीन दल दुई तिर हुँदा पनि जनता निराश बनेका छन् । नेपालले यतिखेर जुन अवस्थाको सामना गरिरहेको छ त्यो कुनैपनि मुलुकको इतिहासमै सामान्य घटना होईन । विश्वकै पुरानो मुलुक नेपालले वैधानिक विधिद्धारा उच्च जनमतको आधारमा निर्माण गरेको नयाँ संविधानप्रति छिमेकी मुलुकले आपत्ति जनाउँदै भूकम्पवाट थलिएको नेपालमाथि नाकावन्दीसम्मको जुन कदम चालेको छ त्यसको कुनैपनि अर्थमा लोकतान्त्रिक मान्यता र विश्व भातृत्वको हिसावले औचित्य छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै शब्दमा पनि यो घोर अमानवीय कदम नै हो ।
0 comments :
Post a Comment