अभावका समस्यालाई सहेर बसेका आम नेपाली अब भने आत्तिन थाले
छिमेकीको ज्यादती पछिको अभावलाई सहेर बसेका आम नेपाली अब भने आत्तिन थालेका छन् । खास गरी इन्धन , ग्यास र दैनिक उपभोग्य वस्तुको अभावले गृहिणीहरु थप मारमा परेका छन् । भान्सामा चुल्हो जल्न छोड्दा आत्तिनु अस्वभाविक होइन पनि । सरकारले पनि उपलब्ध ग्यास र इन्धनलाई सरल हिसाबले वितरण गर्न नसक्दा असन्तोषको लहर बढ्दै छ । यही असन्तोषको अभिव्यक्ति प्रकट गर्दै उपत्यकाका गृहिणी, व्यवसायीहरु सडकमा उत्रिएका छन् ।
0 comments :
Post a Comment