English Edition

आन्दोलनरत दलहरुका जायज मागहरु संबोधन गर्न सरकार गम्भीर हुनुपर्ने- शान्ता चौधरी

पूर्व सभासद एवम् सामाजिक अभियन्ता शान्ता चौधरीले आन्दोलनरत दलहरुका जायज मागहरु संबोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सबै समस्याको समाधान वार्तावाटै हुने भएकोले आन्दोलन छोडेर वार्तामा आउन उहाँलो आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभयो । अहिलेको संबिधानको कारणले थारु समुदाय आन्दोलित हुनुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै उहाँले थारु समुदायको अधिकारको नाममा केही नेताहरुले आफ्नो स्वार्थका लागि आन्दोलन गरिरहेको उहाँको भनाई थियो । जनताका नाममा गरिएका आन्दोलन र नाकाबन्दीले जनतालाई नै समस्या परेकोमा गम्भीर बन्न उहाँले आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभयो । अहिलेको राष्ट्रिय संकटको समाधानमा सरकारलाइृ सहयोग गर्न सकारात्मक अभियान नामक अभियान चलाउनुभएकी उहाँले सबै जनतालाई सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा जुट्न अपिल समेत गर्नुभएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment