English Edition

‘भद्र सहमति’ तोडेको भन्दै राप्रपा नेपालद्वारा गठबन्धन तोड्ने चेतावनी

काठमाडौं– एमाओवादी र राप्रपा नेपालको बलियो समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको तीन साता बित्न नपाउँदै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

कांग्रेसले ‘भद्र सहमति’ तोडेको भन्दै एमालेले एमाओवादी र राप्रपा नेपालसहितका सङ दलसंगसँग मिलेर नयाँ सरकार गठन गरेको थियो । आज एमालेले नै ‘भद्र सहमित’  तोडेको भन्दै सत्ता गठबन्धनमा खटपट सुरु भएको हो ।

स्रोतका अनुसार एमालेले सरकार गठन गर्नुअघि राप्रपा नेपाललाई उपप्रधानसहित परराष्ट्र र स्थानीय विकास मन्त्रालय दिने भद्र सहमति गरेको थियो । साथै बाँकी एक मन्त्रालय पछि सहमतिको आधारमा लिने सहमति समेत भएको थियो । तर, एमालेले सहमति बिपरित स्थानीय विकास मन्त्रालय नदिन खोजेको भन्दै राप्रपा नेपालले असन्तुष्टि सहित सत्ता गठबन्धनमै तोड्नेसम्मको चेतावनी दिएको हो ।
‘ कांग्रेसले भद्र सहमति तोड्यो भन्दै हिँड्ने एमालेले राप्रपा नेपालसँग भएको सहमति चाहिँ किन तोड्न खोज्दैछ’, राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा निकट एक नेताले भने, ‘एमालेले सहमति तोड्यो भने गठबन्धनमै दरार उत्पन्न हुन सक्छ ।’

उनले आफूहरु अझैं पनि एमालेले सहमति पालना गरोस् भन्ने पक्षमा रहेको भन्दै गठबन्धनमा दरार उत्पन्न हुने परिस्थिति एमालेले उत्पन्न नगर्ने विस्वास व्यक्त गरे ।प्रधानमन्त्री ओलीले स्थानीयसहितका रक्षा, सञ्चार, अर्थ, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय एमालेले राखेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेपछि राप्रपा नेपालले  असन्तुष्टी  जनाउदै सत्ता गठबन्धननै तोड्नेसँम्मको चेतावनी दिएको हो ।

सरकारमा राप्रपा नेपालबाट थापा र रामकुमार सुब्बा मन्त्री भएका छन् भने उसले भागमा पाउने प एक मन्त्री तथा राज्यमन्त्री नियुक्ति गर्न बाँकी छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment