नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा धेरै पछी नेताहरुबीच चर्काचर्की भएको छ | केन्द्रिय सदस्यहरुले पार्टी शीर्ष नेतृत्व पार्टी र मुलुक सञ्चालनमा पूर्णरुपले असफल भएको भन्दै आत्मआलोचनाको माग गरेका थिए |
आइतबारदेखि पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक शुरु भएको हो |बिशेषगरी संविधान निर्माणपछि संसदभित्र भएका निर्वाचनको समिक्षा र पार्टीको आसन्न १३औं महाधिवेशनको तयारीकाबारे छलफल गर्न भनेर बैठक बोलाईएको थियो |
बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान निर्माणपछि संसदभित्र भएका निर्वाचनहरु र कांग्रेसले व्यहोरेका पराजयका बारेमा तितो पोखेका थिए |बैठकमा १७ जना सदस्यले बोलेका थिए | सबैले पार्टी सभापति सुशील कोइराला आफै प्रधानमन्त्रीको प्रत्यासी बन्नुको स्पष्ट जवाफको माग गरेका थिए |
नेता रामशरण महतले शीर्ष तीनै नेता असफल भएको आरोप लगाउदै शुशिल कोईराला प्रधानमन्त्री उमेद्वार बन्नुको प्रष्ट र लिखित जवाफको माग गरेपछि बैठकको माहोल एकाएक तातेको थियो | त्यसपछि बोल्ने सबै नेताले शीर्ष तीन नेताको बिरोधमा बोलेका थिए |केन्द्रीय सदस्य सुजाता कोइरालाले शीर्ष नेताहरुले पार्टीको नेतृत्व छाडेर बाहिरबाट सहयोग गर्न माग गरेकी थिइन |
युवा नेता धनराज गुरुङले कोइरालाले भन्ने गरेको लोकतन्त्रको जीतको प्रसङ्ग उठाउदै लोकतन्त्रको आँगनमा वामपन्थीहरुलाई नचाएर आफू दर्शकदिर्घामा बसी के जितेँ भनेको हो भनि व्यंग्य गरेका थिए।अर्का नेता गगन थापाले कांग्रेसलाई अहिले पहाडमा बस्नेले पहाड विरोधी, मधेसमा बस्नेले मधेस विरोधी र शहरमा बस्नेले राष्ट्र विरोधीको आरोप लगाइरहेको भन्दै पार्टी नेतृत्वलाई गम्भीर हुन र देशमा प्रमुखमा एजेन्डामा स्पष्ट हुन आग्रह गरेका थिए |त्यस्तै नेता चन्द्र भण्डारीले नेतृत्व लोभी पापी हुदा अहिलेको अवस्था आएको आरोप लगाएका थिए।
शंकर भण्डारीले सभापति कोइरालाको नेतृत्व असफल भएको भन्दै यति लामो समयसम्म संसदीय समिति समेत गठन नभएको भन्दै अव दलको नेतृत्वदेखि सबै पदमा नयाँ नेतृत्व चयन हुनु पर्ने माग गरेका थिए।बैठकको शुरुमा उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री निर्वाचनको दौडमा आफूलाई रोक्न पार्टी नेतृत्वदेखि केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, शेखर कोइराला र अर्जुननरसिंह केसीले कोइरालालाई उकासेको आरोप लगाएका थिए।
पार्टीका सदस्यहरुले बोल्ने क्रम नसकिएको र पार्टीको आसन्न अधिवेशनको तयारीका विषयमा निर्णय गर्न बाँकि नै रहेको कारण बैठक मंगलबार बिहान ११ बजे पुन: बस्ने बताईएको छ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment