अन्तर्राष्ट्रिय कायाकिङ प्रतियोगितामा नेपालका सुर्जन तामाङ च्याम्पियन-
लमजुङमा आयोजना गरिएको अन्तर्राष्ट्रिय कायाकिङ प्रतियोगितामा नेपालका सुर्जन तामाङ च्याम्पियन बनेका छन् । ‘मस्र्याङ्दी एक्सप्रेस एक्सट्रिम कायक च्याम्पियनसिप’ १९ प्रतियोगीलाई उछिन्दै तामाङ च्याम्पियन बनेका हुन् । ‘मस्र्याङ्दी एक्सप्रेस एक्सट्रिम कायक च्याम्पियनसिप’ १९ प्रतियोगीलाई उछिन्दै उनी च्याम्पियन बने । भुलुभलेस्थित मस्र्याङ्दी नदीमा आयोजित प्रतियोगितामा नेपालकै अनुप गुरुङ द्धितीय भए । बेलायतका योङगार जर्ज तृतीय भए । महिलातर्फ अमेरिकाको रोज प्रथम भए । उनले प्रतिष्पर्धी ३ जनालाई उछिनिन् । नेपालकी गोमा सुनुवार द्धितीय र रसियाका लिना बुश तृतीय भए । शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा नेपालसहित रसिया, बेलायत, स्पेन, जापान लगायतका देशका २४ कायक सहभागी भएका आयोजक नेपाल काय क्लबका अध्यक्ष अनुप गुरुङले बताए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ६० हजार रुपैयाँ बराबरको क्यामरा, द्धितीयलाई नगद २५ हजार र तृतीयलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको छ । महिलातर्फ प्रथम, द्धितीय र तृतीयलाई नेपालका कलाकारले बनाएको पेन्टिङ प्रदान गरिएको गुरुङले बताए ।

0 comments :
Post a Comment