मंगलवार सुनको भाउ तोलामा एकसय रुपैयाँ बढेको छ । सोमबार तोलाको ४८ हजार दुईसय रुपैयाँमा किनबेच भएको सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेर ४८ हजार तीनसय रुपैयाँ कारोवार भएको छ । पछिल्लो समयमा डलरको भाउमा आएको उतारचढावका कारण नेपाली बजारमा सुनको भाउमा उतारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर छ । सोमबार जस्तै मंगलबार पनि चाँदीको भाउ तोलाको ६ सय ७० रुपैयाँमा नै किनबेच भइरहेको महासंघले जनाएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment