English Edition

एकान्तमा राजनीतिक प्रतिवेदन लेख्दै दाहाल एकान्तमा राजनीतिक प्रतिवेदन लेख्दै दाहाल

काठमाडौं–आगामी १५ गते सुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त छन्। केही अघिदेखि मधेस समस्या समाधान गर्न अनौपचारिक राजनीतिक भेटघाटलाई तिव्रता दिएका दाहाल अहिले भने राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त भएका हुन्।

बाबुराम भट्टराई र उनी पक्षधर नेताले एमाओवादी परित्याग गरेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। स्रोतका अनुसार दाहालले राजनीतिक प्रतिवेदनमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकता प्रस्ताव, मधेस समस्या समाधान र संविधान कार्यान्यनका विषयमा दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नेछन्।

'आगामी १५ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्न अध्यक्ष राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त हुनुहुन्छ,' दाहालका स्वकीय चुडामणि खड्काले भने। दाहालले राजनीतिक प्रतिवेदनमा मोहन वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीसँग एकताको प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनायो। एमाओवादीबाट बाबुराम भट्टराई र उनी समर्थक नेताले बाहिरिएपछि दाहालले वैद्यसँग एकताको पहल गरेका थिए। यो बीचमा निकै चरणमा दाहाल र वैद्यबीच अनौपचारिक छलफलसमेत भएका छन्।

दाहालले मधेस समस्या समाधान गर्ने विषयमासमेत राजनीतिक प्रतिवेदनमा स्पष्ट खाका ल्याउन तयारी गरेको स्रोतले जनायो। मधेसको समस्या समाधान गरी संधिावन कार्यान्वयन गर्न केही प्रस्ताव ल्याउन लागेको एक नेताले बताए नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन् |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment