भैरहवामा निर्माणाधीन अबस्थामा रहेकोे गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य बिगत साढे तिन महिना देखि ठप्प छ । तराई मधेश आन्दोलन र त्यसपछि भारतीय नाकाबन्दीका कारण इन्धन आपुर्तिमा असहजताका कारणले अहिले निर्माणको काम ठप्प बनेको छ । तराई मधेशमा आन्दोलन सुरु भए लगत्तै विमानस्थलको निर्माण कार्य प्राय ठप्प बनेको थियो । दशै तिहारमा आन्दोलन केही खुकुलो हुँदा इन्धन अभाब र अन्य सामग्री नहँुदा काम अघि बढन सकेन । अहिलेको अवस्थाको कुरा गर्ने हो भने निर्माण कार्य तोकिएको समय भन्दा पनि कम्तिमा ४ महिना पछि धकेलिएको छ । अहिलेसम्म कम्तिमा १० प्रतिशत निर्माणको कार्य सक्ने आयोजनाको लक्ष्य थियो तर ३ प्रतिशत मात्र काम सकिएको छ । अगस्त १५ देखि काम द्रतु गतिमा अघि बढ्ने र नोभेम्बर अन्तिम सम्म घाघरा नदी डाइभर्सनको काम सकिने अबस्थामा पु¥याउने विमानस्थल स्तरोन्नति आयोजनाको योजना थियो ,तर त्यही समयबाटै आन्दोलन सुरु भएकाले काम अगाडी नसकेको गौतमबुद्ध बिमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख ओम शर्माले बताउनु हुन्छ ।
Home
/
Nepal khabar
/
मधेश आन्दोलन र भारतीय नाकावन्दीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य ठप्प
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment