English Edition

हडतालको संस्कृति कायम रहेसम्म मुलुकको आर्थिक प्रगति उभो नलाग्ने : रामशरण महत

पूर्व अर्थमंत्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बन्द हडतालको संस्कृति रहे सम्म मुलुकको आर्थिक प्रगति र जनताको जीवनस्तर कहिले उभो नलाग्ने प्रष्ट पार्नु भएको छ । उहाँले नाकावन्दीले नेपालको आर्थिक बृद्धिदर ऋणात्मक हुने सम्भावना बढेर गएको पनि बताउनु भएको छ । शनिवार विराटनगर प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले मधेसका नाममा भईरहेको आन्दोलन तथा नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धि दर ऋणात्मक हुने सम्भावना बढ्दै गएको टिप्पणी गर्नुभयो । उहाँले मधेसवादी दलहरुलाई नाकाबन्दी र बन्द हडताल त्यागेर वार्ता र सम्वादबाट विवाद समाधान निकाल्न आग्रह गर्नुभयो । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment