गृह मन्त्री शक्तिबहादुर बस्नेतले अवरुद्ध राजमार्गलाई नियमित गर्ने तयारी सरकारले आरम्भ गरेको बताउनु भएको छ । पूर्णरुपमा राजमार्ग अबरुद्ध नभएपनि मधेस आन्दोलनका कारण तराईका केही जिल्लाहरुमा भएको अबरोधलाई तत्काल नियमित गर्न सरकारले तयारी गरेको उहाँको भनाई छ ।
मन्त्री बस्नेतले स्कटिङमार्फत रात्रि समयमा सवारी चलाइरहेको बताउदै अब दिउँसो पनि सबारी सञ्चालन गरिने बताउनुभयो । सुनसरीको पकली स्थित पूर्व क्षेत्रीय शसस्त्र प्रहरी बल बराह बाहिनीमा आइतबार सम्पन्न भएको सुरक्षा गोष्ठीमा सहभागी हुन आउनु भएका मन्त्री बस्नेतले अब नाकाबन्दी र बन्दको नाममा हुने गरेका कालोबजारी कडा रुपमा पनि नियन्त्रण लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चालिने समेत गृहमन्त्री बस्नेतको भनाई छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment