भारतको नाकावन्दीको असर नपरेको क्षेत्र छैन् । नाकावन्दीले सबैलाई पिरोलेको छ । तर पशुपति क्षेत्र विकासद्धारा सञ्चालिक पशुपति बृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धालाई भने नाकावन्दीले बालबालिकालाई बढी पिरोलेकोमा चिन्ता छ । आफुहरु डाँडामाथिको घाम भइसकेकोले अब भोलिका भविष्यको चिन्ता गर्नुपर्ने र नाकावन्दीको असर उनीहरुमा पर्न दिन नहुने उनीहरुको सुझाव छ ।
दुब्लो पातलो शरीर, चाउरी परेको अनुहार लिएर यो जाडोमा घामका न्यानो खोज्दै यता उता हिड डुल गर्दै आफ्नो दिनचर्या गुजार्दै आईरहेका बृद्ध बृद्धा भारतले गरेको नाकाबन्दीबाट वेखबर छैनन् । नाकाबन्दी कारण आफुहरुले खाई पाई आएको खानामा समेत असर परेको उनिहरु बताउँछन् । पेट्रोलियम पदार्थको अभावकै कारण आफुहरुलाई बाहिरबाट मायाँ गरेर ल्याईदिने लुगाफाटो तथा फलफुल समेत अहिले कम आउने गरेको भन्दै उनीहरु दुःखेसो पोख्छन् ।
Home
/
Nepal khabar
/
नाकावन्दीले पारेको असरप्रति आफ्नो नभई बालबालिकाको चिन्ता छ पशुपतिका बृद्धवृद्धालाई
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment