नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पदमा रहँदा उनकी छोरी अनिता यादव सामाजिक सञ्जालमा सक्रिय थिइनन् । तर, जब रामवरण यादवले शितल निवास छोडे तब अनिता राजनीतिक र सामाजिक टिप्पणी गर्न सक्रिय छिन् । सोमबार मात्र उनले चलाउने गरेको साइकल पन्चर भएको छ । साइकल पन्चर भएपछि माइक्रो बसमा यात्रा गरेको कुरालाई उनले रोचक ढंगले साटेकी छिन् ।
अनिताको साइकल पन्चर भएपछि..
हिजो साथी सँग एउटा कामको लागि बाहिर जाँदा अचानक मेरो साइकल पन्चर भयो। साइकललाई एउटा पसलमा राखेर माइक्रो बसमा गन्तव्यमा पुगेँ ।
माइक्रोमा मसँगै बस्ने यात्रु गनगने शैलीमा भन्दै थिए, ‘ग्यास पेट्रोल ? कालोबजारी ? तनाबै तनाब ? लोकतन्त्र ? दाउरे युग ? देसको भविष्य ? हामीले के सिक्ने ? अब कुन बाटो हिड्ने ?’ भन्दै गनगन गर्दै आफ्नो गन्तब्य स्थान को प्रतिक्षा गरि रहनु भएको थियो ।
हुन त म साइकल नाकाबन्दी हुनु भन्दा धरै पहिलेदेखि नै प्रयोग गर्थेँ । माइक्रो बस पहिले शितलनिवास बस्दा कहिले काहिँ चढ्थेँ तर आजकल अलि बढी नै चढ्छु।
मलाई त अचम्म लाग्छ यत्रो पेट्रोलको कमी हुँदा पनि गाडी चले कै छन् । १ रुपैयाँ पेट्रोलको मूल्य बढ्दा जुलुस र आन्दोलन गर्ने समूह कतै देखिदैनन् । जुलुस र आन्दोलन खाली नराम्रो काम को लागि मात्र गरिदैन राम्रो काम को लागि पनि सकारात्मक दबाव दिन गर्न सकिन्छ ।
‘काहिँ नभाको जात्रा हाडी गाउँ’मा भने जस्तै कहिले काहिँ सरकारम़ा बस्नेले साइकल चलाएको पनि पत्र पत्रिकाम़ा देखिन्छ । दौरा सुरूवाल, कोट, टाई लगाएर लामो दूरीसम्म साइकल चढिदैन । पहिला साइकल चलाउने छुट्टै लेन बनाऊ अनि साइकल सरर चलाऊ । साइकलको लागि छुट्टै लेन नहुँदा म जस्ता थुप्रै साइकल यात्री लाई धरै अप्ठेरो परेको छ ।
खाली सरकार र भारतलाई मात्र गाली गर्नुभन्दा आफूलाई सुधारेर सकारात्मक दबाव दिन पनि सकिन्छ । जसले गर्दा सरकारलाई आफ्नो जनताप्रतिको जिम्मेवारी बोधहोस् । सकारात्मक वातावरणमा मात्र सकारात्मक जवाफ पाउन सकिन्छ । अरुलाई घुँडा टेकाउन खोज्नु भन्दा आफू आफ्नै सीधा खुट्टाम़ा उभिएर हिड्ने कोसिस गरौँ ।
अनिताको फेसबुकबाट
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment