English Edition

१४ सचिवको सरुवा, को कहाँ परे ?

काठमाडौ  :  सरकारले १४ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो |

बैठकले अर्थ सचिवमा लोकदर्शन रेग्मीलाई ल्याएको छ भने गृहमा नारायणगोपाल मलेगोलाई तानेको छ । गृह सचिव सूर्य सिलवाल भुमिसुधारमा सरुवा भएका छन् ।

रमेशकुमार शर्मा महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् भने अर्थ सचिव सुमनप्रसाद शर्मा उर्जामा पुगेका छन । दिपेन्द्रनाथ शर्मा र विजयकुमार मल्लिक प्रधानमन्त्रीको कार्यालयमा तानिएका छन् ।

लक्ष्मण मैनालीले अब खेलकुद मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने भएका छन् । इश्वरीप्रसाद पौडेल शान्ति मन्त्रालय, धनबहादुर तामाङ उर्जा आयोग, उदयचन्द्र ठाकुर वन, शरदराज विष्ट सूचना आयोग,  मधुप्रसाद रेग्मी महिला बालबालिका र राजेन्द्र किशोर क्षेत्री उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन् ।
द नेपाल टूडे डट क्म बाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment