English Edition

अनेरास्ववियुको २२ औँ सम्मेलनको घोषणा

काठमाडौ :  अनेरास्ववियुको २२ औँ सम्मेलन यहि माघ २७ बाट शुरु हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी अनेरास्ववियुले यस्तो जानकारी दिएको हो । सम्मेलनका लागि अनेरास्ववियुले  ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास राष्ट्र निर्माणको आधार  सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ नारा तय गरेको छ ।

उक्त सम्मेलनले पदाधिकारीको संख्या समेत बढाउने निर्णय अनेरास्ववियुले गरेको छ । सचिव राधिका खतिवडाका अनुसार आगामी सम्मेलनबाट अनेरास्ववियुको १४ जनाको हुने छ । हाल अनेरास्ववियुमा ११ जनाको पदाधिकारी छ ।

‘आगामी महाधिवेशनबाट दुई सचिव र एक उपाध्यक्ष थप गर्ने निर्णय भएको छ,’ सचिवालय सदस्य सुनिता वरालले भनिन् ।  अनेरास्ववियुको केन्द्रीय कमिटि भने अब १ सय ४१ सदस्यीय हुने भएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् पनि १ सय ४१ सदस्यीय नै हुने भएको छ ।

त्यसैगरी अध्यक्ष र सचिवसहित लेखा आयोग र अनुशासन आयोग पनि १५–१५ सदस्यीय हुनेछ । अनेरास्ववियुले पुष २५ गतेभित्र  संगठन विभागमा पठाइसक्न निर्देशन दिएको छ । निर्देशन अनुसार माघ ४ गते क्याम्पस कमिटिहरुको प्रतिनिधि छनोट गर्नुपर्ने, ५ गतेभित्र निर्वाचन क्षेत्रीय कमिटको प्रतिनिधि छनोट गर्नुपर्ने छ ।

त्यस्तै माघ ६ गते जिल्ला कमिटि र ७ गते केन्द्रीय सम्पर्क, अञ्चल सम्पर्क र विश्वविद्यालय राष्ट्रिय कमिटिहरु र माघ ८ गते अञ्चल समन्वय कमिटिको प्रतिनिधि छनोट गर्नुपर्ने छ । १० गते भित्र प्रतिनिधिको नामावली प्रतिनिधि व्यवस्थापन समितिमा बुझाई सक्नुपर्ने छ ।

लामाको उपचारका लागि आर्थिक संकलन

अनेरास्ववियुले ब्लड क्यान्सरका कारण हाल भक्तपुर अस्पतालमा उपचार गराईरहेका अनेरास्ववियुका नेता दिलिप लामाको उपचारका लागि आर्थिक संकलन गर्ने पनि निर्णय गरको छ ।

लामाको उपचारका लागि स्थायी कमिटि सदस्यहरुले प्रतिव्यक्ति  ३ हजार, केन्द्रीय सदस्यहरुले प्रतिव्यक्ति १ हजार अनिवार्य संकलन गर्ने निर्णय गरेको छ । उपत्यकाका क्याम्पस कमिटिहरुले पनि एक–एक हजारका दरले संकलन गर्नु पर्ने भएको छ ।
द नेपाल टूडे डट क्म बाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment