English Edition

नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन

अमर गोर्खाली
बर्लिन -गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी ,नेपाली जनसम्पर्क समिति,जर्मनी र बिधार्थीहरुको पहलमा  भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले  प्रदर्शन गरेका छन्। प्रदर्शनीमा विद्यार्थीव्यवासायीपत्रकारबुद्धिजीवीप्राध्यापकजर्मनीस्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको व्यापक सहभागिता रहेको थियो ।
एनआरएन प्रमुख संरक्षक जीवा लामिछाने,उपाध्यक्ष कुमार पन्त, संरक्षक दिल गुरुङ  साथै युरोप भ्रमणमा रहेका गायक शिव परियार ,मिलन आमत्य,हास्यकलाकार  सन्दीप छेत्री साथै त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अघि जम्मा भएर करिब दुई घण्टा गरिएको पर्दशनमा सयको हाराहारीमा नेपालीहरु भेला भएर भारतविरुद्ध नाराबाजी गरेका थिए।प्रदसित ब्यानरमा नेपालको आन्तरिक राजनीतिक हस्तछेप बन्द गर ,यो आर्थिक नाकाबन्दी मात्र हैन यसले औषधी इन्धन पनि रोकेको छ ,नेपालको पारवहन अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएका थिए।
आज भएको प्रदर्शनमा भाग लिन जर्मनीका बिभिन्न शहरबाट नेपालीहरु बर्लिनमा जम्मा भएका थिए। आयोजक मध्यका एक नेपाली जनसम्पर्क समिति जर्मनीका सभापती बिजय मोक्तानका अनुसार नाकाबन्दीका कारण ६० हजार भन्दा धेरै बिधालय बन्द रहेको,अस्पतालमा औषधी नभएर प्रभावित भएको इन्धन अभाबका कारण जिबन कष्टकर भएकोले गर्दा  भारतले लगाएको नाकाबन्दीको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जानकारी दिए।मोक्तानले बिरोध पछि भारतीय दुताबासमा  ज्ञापनपत्र समेत बुझाएको बताय साथै उक्त विरोधपत्रमा भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण उधोगहरु बन्द भएको , शिक्षास्वास्थ्यलगायतको क्षेत्रमा प्रत्यक्ष असर पर्दा मानवीय संकट आउने खतरा रहेको ,नाकावन्दीले नेपालको निर्वाध पारवाहन अधिकारको हनन भएको,पर्यटन व्यवसाय तहस नहस भएको , विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मुल्य र मान्यतालाई उल्लंघन गरेको भन्दै तत्काल नाकाबन्दी फुकुवा गर्न आग्रह गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।साथै एन आर एनका उपाध्यक्ष कुमार पन्तले भारतीय नाकाबन्दीले मुलुकमा अताबस्यक औषधीहरुको अभाब हुनगइ ठुलो मानविय संकट उत्पन हुन् गएकोले यसको तत्काल आपूर्तिको लागि गैर आवसीय नेपाली संघले यथासिघ्र कम्तिमा दस करोड रुपैया संकलन गर्ने लक्ष्य राखेकोले अर्थ संकलन अभियानमा सहयोगका लागि आवहान गरे।
द नेपाल टूडे डट क्म बाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment