English Edition

मधेसी मोर्चाको मागबारे मुख्य दलहरू साझा धारणा बनाउँदै

प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि कतिसम्म लचिलो हुने भन्ने विषयमा साझा धारणा बनाउने भएका छन् । मुख्य तीन दलबीच साझा धारणा बनेपछि मात्रै वार्ताका लागि सजिलो हुने आन्दोलनरत मधेसी दलका नेताहरूले बताएपछि तीन दलबीच अनौपचारिक छलफल सुरु भएको हो । 
मधेसी दलहरूको आन्दोलनका कारणसमेत भारतले नेपालमा चलखेल गर्ने अवसर पाएको भन्दै त्यसका लागि सकेसम्म अधिकतम लचकता अपनाउने धारणा तीन दलका शीर्ष नेताहरुले बनाएका हुन् । कांग्रेस पनि साझा धारणा बनाउन सकारात्मक देखिएको छ । सरकार र मधेसी दलहरूबीच मध्यस्थताको भूमिका निर्वाह गर्ने भन्दै कांग्रेस नेताहरूले मधेसी दलहरूसँग पनि छुट्टाछुट्टै कुराकानी गरिरहेका छन् । मधेसीहरूका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । संशोधनका लागि कम्तीमा तीन दल एक ठाउँमा उभिनु अनिवार्य छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment