कालिकोट–मजदुरी गर्ने चारजना बालबालिकाको जलेर ज्यान गएको छ । हुम्लाको श्रीमष्ठा गाविस– १ पिप्लाङ गाँउ नजिकैको ओडारमा सुतेको बेला लागेको अागोमा जलेर कालिकोट लालु ८ का ४ जनाको जलेर ज्यान गएको हो । ६ जना घाइते छन् ।
मृत्यु हुनेमा नयाँ सुनार, अग्र सुनार, जया मिजार र मानबहादुर विक छन् । मृत्यु भएका चारै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट कालिकोट पुर्याइएको छ भने घाइते ६ जनाको उपचारका लागि हेलिक्पटरबाट काठमाडांँ लगिएको छ । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू सडक निर्माणमा मज्दुरी गर्न कालिकोटबाट हुम्ला गएका थिए । लालु गाविस–३ का ठेकेदार अमर शाहीले सडको काम गराउन लगेका परिवारले जानकारी दिएका छन् । बुधवार साँझ खाना खाएर सुतिरहेको अवस्थामा अगेनुबाट खर र पालले टाँगेको ओडारको छानोमा आगो सक्लेको प्रहरीले जनाएको छ ।
ओडारको खर र पालको छानोमा सुतेका १२ जना मज्दुर मध्ये लालु ८ वीरेन्द्र सुनार र उनका भाई हिरा सुनार भने ओछ्यानबाट हाम फालेर बाँच्न सफल भएका छन् । मृत्यु हुने र घाइतेहरू स्थानीय विद्यालयमा अध्ययनरत थिए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment