English Edition

नेपाली चेलीका अश्लिल भिडियो खिच्नेलाई करोड जरिवाना


काठमाडौं-कास्की जिल्ला घर भएकी विन्दु परियारलाई जबरजस्ती ‘पोर्नस्टार’ बन्न बाध्य बनाएका एक अमेरिकी नागरिकलाइ त्यहाँको अदालतले ७२ लाख ५० हजार डलर (७२ करोड ५० लाख नेपाली रुपैयाँ) जरिबानाको फैसला गरेको छ ।

परियारका पूर्व पति रहेका ति अमेरीकी नागरिक जसको नाम टोम रान्डेल सेवेल हो, उनी बिरूद्ध गतवर्ष दर्ता गराएको मुद्धाको फैसला गर्दै अदालतले उनीको पक्षमा फैसला सुनाएको हो ।

विन्दूलाई स्तन प्रत्यारोपण गर्न बाध्य पारेको, पासपोर्ट लुकाएर बन्धकजस्तै पारेको, क्लबहरूमा याैनजन्य गतिबिधिमा संलग्न गराएको लगायतका अभियोगमा टमबिरूद्ध मुद्दा दायर भएको थियो । पतिले परियारलाइ पर पुरुषहरुसँग जबरजस्ती यौन क्रियाकलाप गर्न दबाब दिने र त्यसको भिडियो खिचर इन्टरनेटमा राख्ने र पोर्न स्टार भनेर सार्वजनिक गर्ने गरेका थिए

विन्दूको कहालिलाग्दो जीवन कथा ‘डलास मर्निङ न्युज डटकम’ले प्रकाशित गरेको छ ।

२७ वर्षीय परियारका अनुसार पूर्वपति टोम रान्डेल सेवेलसँग सन् २०१२ मा सम्बन्धबिच्छेद भएको थियो । पूर्वपतिले विन्दू पढ्ने गरेको कलेजको वेभसाईटमा उनलाई वेश्या भनेर उनकै पतिले विवरण लेखाएपछि उनीहरूबीचको सम्बन्ध बिग्रेको थियो ।

रेस्टुरेन्टहरुमा जादा अपरिचित व्यक्तिले समेत उनलाई यौन प्रस्ताव राख्ने गरेका थिए । उनीहरुले ‘मैले तिम्रो भिडियो हेरेको थिए, तिमी कति पैसा लिन्छौ’ भनेर सोध्ने गरेको विन्दूले अन्तरवार्तामा बताएकी छिन् । तर उनले आफुलाई नर्सिङ पढ्न तथा आफ्नो परिवारलाई सहयोग गर्न अमेरिका आएकी युवतीको रुपमा चिनाउने गरेकी छिन् ।

उनकै पतिले सार्वजनिक गरेका भिडियो जताततै फैलियो र अहिले इन्टरनेटमा विन्दूको करिब २० हजार भन्दा बढि पोर्न भिडियो र तस्विरहरु रहेका अनुमान छ । विन्दूका अनुसार सबै भिडियो तथा फोटोहरु उनको अनुमतिबिना पोस्ट भएका हुन् । उनले कुनै पनि भिडियो तथा तस्विर आफ्नो खुशीले नगरेको समेत बताएकी छिन् ।

इन्टरनेटरमा राखिएका भिडियो तथा तस्विर हटाउन विन्दूले गरेको आग्रहलाई उनका पूर्वपति सेवेलले अस्वीकार गरेका थिए । पतिले बिन्दुलाइ तिमीले जति पटक रिपोर्ट गरेपनि मलाई फरक पर्ने छैन, म अर्को बनाउने छु र फेरि राख्छु भनेर धम्कि दिन्थे ।

उनले मुद्दामा आर्थिक क्षतिपूर्ति तथा अनलाईबाट उनको सबै पोर्नोग्राफिक फोटो तथा भिडियो हटाउन माग गरेकी थिइन । ‘म सामान्य जीवन बाँच्न चाहान्छु,’ उनले भनेकि छिन्, ‘मेरोबारे अस्लिल चियोचर्चा भएको हेर्न मन छैन । ’

यसै महिना, स्टेट डिस्ट्रक न्यायाधिश मार्टिन ज होफमान्यानले पूर्व पति टोमलाई बिन्दूको सबै भिडियो तथा फोटो अनलाइनबाट हटाउन आदेश दिएका थिए । साथै, अदालतले ७२ लाख ५० हजार डलर (७२ करोड ५० लाख नेपाली रुपैयाँ) भन्दा बढि जरिबानाको समेत फैसला गरेको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment