English Edition

सुनाैली नाकाको अवरोध हटेपछि धमाधम इन्धन भित्रियो

रूपन्देही-सुनाैली नाकामा अवरोध हटेपछि इन्धन र मालवहाक सवारीको अावतजावत बढ्न थालेको छ । आइतबारदेखि नाका सहज बनेको हो । सहजरूपमा मालबाहक ट्रक कन्टेनर भित्रिन थालेका छन् ।

नाका सहज बनेसँंगै निर्वाध रुपमा आयात सुरु भएको छ भने चार दिनमै एक हजार बढी मालबाहक गाडी भित्रिएका छन् भने ग्यास बुलेट र इन्धनका गरी १२३ ट्यांकर समेत भित्रिएका छन् ।

नाका सहज बन्दै गएपछि दैनिक ३ सयको हाराहारीमा मालबाहक ट्रक सहित इन्धन तथा ग्यासका बुलेटहरु पनि भित्रिन थालेका छन् । यसअघि दैनिक रुपमा एक सय भन्दा बढी मालबाहक साधन भित्रिने गरेकोमा आइतबारबाट सहज रुपमा आयात भैरहेको प्रहरीले जनाएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment