विमानस्थल छ तर कुनै विमान आउँदैनन् । सरकारले दुर्गम जिल्लामा विमानस्थल निर्माण गर्ने योजना आर्थिक वर्षको नीति तथा कार्यक्रममै उल्लेख गरेको छ तर विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको मनाङको एक मात्र विमानस्थलमा विमान सञ्चालन गर्नेतर्फ भने सरकारको ध्यान जान सकेको छैन । त्यसैले पर्यटकीय जिल्ला मनाङमा रहेको एक मात्रै हुम्डे विमानस्थल अहिले साइकल सिक्ने थलोको रुपमा रहेको छ । हिमालपारीको जिल्ला मनाङमा रहेको एक मात्रै हुम्डे विमानस्थलमा विमान नउडेको झण्डै चार वर्ष भैसकेको छ । यात्रु नपाएको निहूँमा कुनै पनि विमानले उडान भर्न नसक्दा करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरेको विमानस्थल अहिले साइकल सिक्ने केन्द्र बन्न थालेको छ । त्यसो त सरकारले दुर्गम पहाडी जिल्लाहरुमा एक जिल्ला एक हवाई मैदान निर्माण गर्ने भनि बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment