English Edition

करिव चार महिना लामो मधेस आन्दोलन शिथिल बन्दै

करिव चार महिना लामो मधेस आन्दोलन यतिखेर आएर शिथिल बन्दै गएको छ । आन्दोलनप्रति मुख्यरुपमा तराईवासी जनताकै उत्साहप्रद साथ समर्थन हुन नसक्नु र आन्दोलनलाई भारतले रणनीतिक फाईदाकोलागि मात्र उपयोग गर्न खोज्दा आन्दोलनले नैतिक धरातल गुमाउँदै गएको विश्लेषण गर्न थालिएको छ । यस्तो अवस्थामा कसरी टुङ्गोमा पुग्ला त मधेस आन्दोलन ?संविधान निर्माणप्रति असन्तुष्टि जनाउँदै केही मधेस केन्द्रीत दलहरुले आफ्ना निश्चित मागहरु राखेर आन्दोलन शुरु गरेका थिए । असोज ३ गते नया संविधान निर्माणताका सम्मपनि तराई आन्दोलन त्यति उभारमा पूगि सकेको थिएन । बरु पश्चिम नेपालका हजारौं थारु समुदाय स्वायत्त प्रदेशको माग गर्दै आन्दोलित थिए । तर एसएसएपी सहितको हत्यामा थारु आन्दोलन मुछिएपछि त्यसलेपनि ठोस गन्तव्य लिन सकेन । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment