उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाली सेनालाई व्यावसायिक रुपमा दक्ष बनाउनका लागि आवश्यक गृहकार्य शुरु भईसकेको बताउँनुभएको छ । मुलुकको सुरक्षा चुनौतीवारे मन्त्रालयले अध्ययन गरिरहेको उहाँको भनाई छ । मङ्गलवार सिंहदरवारस्थित राज्य व्यवस्था समितिको बैठकमा धारणा राख्दै उपप्रधान तथा रक्षा मन्त्री रावलले नेपाली सेनालाई प्राविधिकरुपमा आवश्यक सामानहरु उपलव्ध गराएर विकास निर्माणतर्फ तीव्ररुपमा लगाउने गरी योजना निर्माण भईरहेको जानकारी दिनुभयो । मुलुकको तरल अवस्था साम्य नभए अतिवादीहरुले चलखेल गर्न सक्ने भएकोले यो अवस्था संवादवाट चाँडै हल हुनु पर्ने उहाँको भनाई छ ।.
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment