English Edition

व्यवस्थापिका संसद वैठकमा पुर्ननिर्माण विधेयक र संविधान संसोधन विधेयक पेश

मधेसी दलका सांसदको विरोध र नाराबाजीका बीच व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन र भूकम्पपछिको पुनर्निर्माण विधेयक टेबुल गरिएको हो । बैठकमा मधेस केन्द्रित दलका सांसदले नाराबाजी गरेपनि सभामुख ओनसरी घर्तीले दुवै विधेयक संसदमा पेश गर्न अनुमति दिनुभएको हो । पटक पटक अवरुद्ध हुँदै आएको संसद बैठकमा मङ्गलवार मधेसकेन्द्रीत केही दलहरुका सांसदहरुको नारावाजीका बीच दुई विधेयक पेश भएको हो । बैठक शुरु भए लगत्तै विधायन समितिकी सभापति गंगा चौधरीले पुर्ननिर्माण विधेयक र कानुन, न्याय तथा संसदीय व्यवस्था सम्वन्धी मन्त्री अग्नी खरेलले संविधान संसोधन विधेयक पेश गर्नुभएको हो । मङ्गलवारको संसद बैठकमा नेपाली कांग्रेसले भने कुनै अवरोध गरेनन् । आफूले माग गर्दै आएको संसोधन विधेयक संसदमा पेश भएपछि कांग्रेसले कुनै अवरोध नगरेको हो । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment