प्राबिधिक संघले नयाँ नेतृत्व पाएको केही साता बित्न नपाउदै कलाकारहरुको साझा संस्था चलचित्र कलाकार संघ नयाँ नेतृत्वको दौडमा अगाडि बडेको छ ।शनिबार हुने साधारण सभा बाट कलाकार संघले नयाँ नेतृत्व पाउदै छ।यस पटक पनि कलाकार संघको पदाधिकारी चयन निर्बाचन बाट हुने संकेत पहीले देखीनै देखीदै आएको थियो ।अझ नेतृत्वको यो प्रतिस्पर्धा राजनैतिक सरहकै हुने निस्चीत भइ सकेको छ ।यस पटक अध्यक्षको आकांक्षीमा लय संग्रौला,रामकेशर बोगटी,बिशाल बिष्ट रहेका छन ।दुइ जना उपाध्यक्षको लागि सानु ताम्राकार,मनोज केसी,रेजिना उप्रेती र जेनी कुवर भिड्दै छन ।महासचिब पदको लागि सरीता लामीछाने,कृष्ण ढुङगाना र उत्तम केसी ले प्रतिस्पर्धा गर्दै छन ।सचिबको लागि सञ्जय खतिवडा र चेतबहादुर शिंह भिड्दै छन ।कोषाध्यक्षमा बिमला केसी र आकास खवास बिच प्रतिस्पर्धा हुदैछ ।नन्दीता केसी निर्बिरोध भयर सह कोषाध्यक्षको जिम्ब्ेवारी पाइ सकेकीछिन ।कुल दश सदस्यको लागि पनि उन्नाइस जना कलाकार भिडदैछन ।चलचित्र कलाकार संघमा पाँच सय सत्तरी जना सदस्य रहेका छन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment