English Edition

नेपाल क्रिकेट संघको नवनिर्वाचित कार्यसमितिलाई राखेपले मान्यता नदिने

राष्ट्रिय खेलकुद परिषद र कार्यसमितिकै एक पक्षको असन्तुष्टिका बाबजुद नेपाल क्रिकेट संघ क्यानको साधारणसभाबाट चतुरबहादुर चंद कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन । १७ सदस्यीय कार्यसमितिमा दुई उपाध्यक्षको लागि मात्र निर्वाचन भएको थियो । हिजै सम्पन्न साधारणसभा र निर्वाचनपछि उपाध्यक्ष चतुरबहादुर चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा बिनोद कुमार मैनाली निर्विरोध चयन भएका छन भने दुई उपाध्यक्ष पदमा शैलेशकुमार चौधरी र दिवाकर घले निर्वाचित भएका छन । तीन प्रतिस्पर्धीबाट मतका आधारमा दुई जना निर्वाचित भएका हुन । शैलेशले ५३, दिवाकरले ३७ र नरेश राणले ३३ मत पाएका थिए । त्यस्तै महासचिवमा अशोकनाथ प्याकुरेल र्निािरोध निर्वाचित भए । निर्विरोध निर्वाचित भएका सदस्यहरुमा रतन बहादुर कठायत, हरि रेग्मी, प्रशान्त बिक्रम मल्ल, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम छन । त्यस्तै निर्विरोध चयन भएका अन्य सदस्य हरुमा रोशनकुमार सिंह, किरण शमशेर राणा, जयन्ती भट्ट, जिना श्रेष्ठ, ठाकुर प्रताप थापा, राजुवावु श्रेष्ठ र सञ्जय राज सिंह छन । 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment