साफ च्याम्पियनसिप फुटवल खेल्न नेपाली राष्ट्रिय टोली बंगलादेश प्रस्थान गरेको छ । बिहीबार बंगलादेशको ढाकामा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियन आयोजनास्थल भारतको केरला जाने छ ।
अनिल गुरुङ्गको कम्तानीमा बंगलादेश गएको टोलीलाई एन्फा कम्प्लेक्स सातदोवाटोमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले माला लगाएर विदाइ गर्नुभयो । ढाका उड्नुअघि सातदोबाटोमा पत्रकारसित कुरा गर्दै कप्तान गुरुङले टिममा नयाँ अनुहार धेरै रहेकाले यो पटक राम्रो गर्नु पर्ने दवाव रहेको बताए ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment