English Edition

ओस्कार प्रिस्टोरियस प्रेमी हत्यामा दोषी देखिए

ब्लेड रनरको उपनामले परिचित ओलम्पिक एथलिट ओस्कार प्रिस्टोरियस पे्रमिका हत्यामा दोषी देखिएका छन । दक्षिण अफ्रिकाको पुनरावेदन अदालतले जानी जानी हत्या नगरेको भनी दिएको फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रिस्टोरियस दोषी पाइएका हुन् । प्रिस्टोरियसले सन २०१३ को फेब्रुअरीमा पे्रमिका रिभा स्टिनक्याम्पलाइ गोली हानी हत्या गरेका थिए । प्रिस्टोरियस हाल घरमै नजरबन्दमा रहेका छन । उनलाइ पांच बर्षको जेल सजाय सुनाइएकोमा एक बर्ष जेलमा बिताएपछि उनलाइ घरमै नजरबन्दमा राखिदै आइएको छ । दोषाी पाइए संगै अब उनी पुनः अदालत जानेछन जहाँ उनलाइ थप सजाय सुनाइने छ । हत्याको सजाय कम्तीमा पनि १५ बर्षको जेल सजाय हुनेछ तर वकिलहरुको वकालतको दममा जेल सजायको अवधि निर्भर रहनेछ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment