English Edition

स्वदेशी कृषकले उत्पादन गरेका खाद्यान्नलाई प्राथमिकता दिन आपूर्ति मन्त्री पुनको आग्रह

वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले स्वदेशी खाद्यान्नको खरिद गरी भण्डारण गर्न नेपाल खाद्य संस्थानलाई निर्देशन दिनुभएको छ । आयातित खाद्यान्नलाई भन्दा स्वदेशी कृषकले उत्पादन गरेका खाद्यान्नलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ । 
विहीबार नेपाल खाद्य सस्थानको ४१औं वार्षिकोत्सवको कार्यक्रममा मन्त्री पुनले अहिले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको बताउँदै खाद्यन्न आयतमा भन्दा स्वदेशी कृषकले उत्पादन गरेका कृषि उपजलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो । उहाँले संस्थानलाई नयाँ व्यावसायिक सोंचका साथ अगाडि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । मुलुक भुकम्प र नाकाबन्दीको चपेटामा परेको अवस्थामा पुरानै तरिकाले काम गरेर नहुने भन्दै संस्थान र जनताको हितमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment