नेपालमा शक्तिशाली भुकम्प र नाकाबन्दिका कारण नेपाली चलचित्रहरुले आफ्नो लागानीनै उठाउन नसकिरहेको बेला केही फिल्मले बने राम्रो ब्यापार गर्न सफल भए ।भुकम्प र नाकाबन्दी पछि प्रदर्शनमा आएका फिल्मको ब्यापार त्यो समय भन्दा पहीला प्रदर्शनमा आएका फिल्मको ब्यापार भन्दा बढी रहेको बताइन्छ ।राम्रो आम्दानी गर्ने फिल्महरुमा दशैमा प्रदर्शनमा आएको परदेशि र हालसालै प्रदर्शनमा आएको कबाड्डि कबाड्डि रहेका छन ।यि दुई चलचित्रहरुले पा“च करोड भन्दा माथि व्यापार गर्न सफल भएको निर्माताहरुले दाबिगरेका छन् ।
नारायण रायमाझि निर्देशित नेपाली कथानक चलचित्र “परदेशी” ले छ करोड भन्दा बढि व्यापार गरेको निर्माण पक्षले दाबि गरेका छन् । गाउ“घरको एउटा सामान्य परीबारकोे जिवनको बारेमा बनेको यस चलचित्रमा प्रशान्त तामाङ्कको मुख्य भमिका रहेका छन् । यो चलचित्र अरु चलचित्रहरु जस्तो सहर र एक्सन केन्द्रित नभएर गाउ“घरको तितो सत्यलाई केन्द्रित बनाएर बनेकोले अरु फिल्महरु भन्दा धेरै सफल भएको निर्माण पक्षको बुझाइ छ ।
त्यस्तै पा“च करोड भन्दा बढि व्यापार गर्ने अर्को चलचित्र हो राम बाबु गूरुङ निर्देशित “कबाड्डि कबाड्डि” । यो चलचित्र पनि एक पारिवारीक वातावरण र गाउ“ले जीवनको सेरोफेरोमा रहि बनेको चलचित्र भएको निर्देशकले भनेका छन् । कबाड्डिको एकाएक सफलता पश्चात बनेको चलचित्र कबड्डि कबड्डिले पनि छ करोड भन्दा बढि व्यापार गरेको निर्देशकले काठमाडौंको एक पारिवारिक कार्यक्रममा जानकारी दिएका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment