छठ पर्वदेखि शान्त रहेको तराई मधेस फेरी अशान्त बनेको छ । ११ दिने आन्दोलनको घोषणा गरेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मधेस झरेको भोलिपल्टदेखि नै तराई ताँतिन थालेको हो ।शनिबार बीरगञ्ज र रौतहट दिनभर नै अशान्त रहयो । रौतहटको सदरमुकाम गौरमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी र बिच शनिबार दिनभरी भिडन्त भयो । मोर्चाले मधेश आन्दोलनलाई थप कडा र निर्णायक बनाउनको लागि सशक्त रुपमा प्रदर्शन गर्ने घोषणा गरेपछि आन्दोलन उग्र बन्दा प्रहरी र आन्दोलनकारीबीच झडप शुरु भएको हो । प्रदर्शनकारीले सरकार पक्षले आम हडतालको अवज्ञा गरी सरकारी कार्यालय खोलेको भन्दै जिल्ला प्रशासन, जिल्ला अदालतमा तोडफोड समेत गरेका छन । प्रदर्शनकारीले नेपाली काग्रेस जिल्ला कार्यसमिति रौतहटको कार्यालयमा समेत तोडफोड गरेका थिए । सो कार्यालयमा समान्य क्षति पुगेको छ । यसै गरी प्रदर्शनकारीले शनिवार गौर नगरपालिकाको वारुणयन्त्र तोडफोड गरेका छन । गौर नगरपालिका स्थानिय वडा नम्बर १० स्थित सबगढवा टोलबाट आगो निभाई फर्किरहेको अवस्थामा गौरको विपि चौकमा वारुणयन्त्रमा ढुङगा मुढा प्रहार गरि तोडफोड गरेका हुन । प्रदर्शनकारी र प्रहरी बिच झडप चलिरहँदा आक्रोसित प्रदर्शनकारीहरुको भिडले सो घटना घटाएको हो । सबगढा निवासी लक्षमण साहको घरमा लागेको आगो निभाएर फर्कने क्रममा प्रदर्शनकारीहरुले ढुङगा मुढा गर्न थालेपछि वारुण यन्त्रमा सवार राजेन्द्र प्रसाद साह, करिम अन्सारी , गेना पंडित, सन्तोष केशरी सहितका घाइते भएका छन । उनीहरुको गौरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यता बीरगंजको घण्टाघर चोक र माईस्थान चोकमा प्रहरी र मोर्चाका कार्यकर्ता बीच झडप हुँदा बीरगंज तनावग्रस्त बनेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment